अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१०औं महाधिवेशनबाट तीनै तहका सरकारमा लोकप्रिय जनमत लिएर सत्तारुढ हुने साहस लिएर फर्कन्छौं : भट्टराई

१०औं महाधिवेशनबाट तीनै तहका सरकारमा लोकप्रिय जनमत लिएर सत्तारुढ हुने साहस लिएर फर्कन्छौं : भट्टराई


काठमाडौं – नेकपा एमालेको सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले १० औं महाधिवेशनबाट एमाले लोकप्रीय जनमतका साथ तीनै तहका सरकारमा सत्तारुढ हुने साहस बोकेर फर्किने बताउनुभएको छ ।
१० औं महाधिवेशनको प्रचार योजना बनाउन आज विभिन्न जनवर्गीय संगठनका प्रचार प्रमुखहरुसँग छलफलमा बोल्दै भट्टराईले सो कुरा बताउनुभएको हो ।

उहाँले महाधिवेशनले एमालेको एकतालाई थप सुदृढ बनाउने,गत निर्वाचनमा पाएको ३५ प्रतिशत जनमतलाई वृद्धि गर्ने योजना बनाउने एकल बहुमतका साथ सरकार सञ्चालन गर्न सक्षम बनाउने नेतृत्व चयन गर्ने बताउनुभएको छ ।

उहाँले सबै जनसंगठनलाई प्रचारको योजना बनाउन त्यसका लागि केन्द्रीय प्रचार विभागसँग समन्वय गर्न,मौलिक प्रचारका योजनाहरु पेश गर्न आग्रह गर्नुभएको छ ।
प्रचार विभाग उपप्रमुख सूर्य थापाले सम्पूर्ण जनसंगठनका सुझावका आधारमा केन्द्रीय प्रचार विभागले प्रचार रणनीति बनाउने उल्लेख गर्नुभयो ।