चितवन – नेकपा एमालेका नेता प्रभु साहले युद्धका बेला आफूहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएकोमा अहिले सम्झेर लाज लाग्ने बताउनुभयो । आज चितवनको माडीमा आयोजित एमालेको कार्यक्रममा साहले अहिले प्रचण्ड पहिले जस्तो नभएको आरोप समेत लगाउनुभयो ।
नेता साह भन्नुहुन्छ, ‘हामीलाई पनि लाज भएको छ, हामी किन प्रचण्डका पछि लागेछौं । चुनाव लड्दा कम्युनिष्टका लागि भन्दै भोट माग्नुभयो, त्यसमा पाँच वर्ष पनि टिक्नु भएन ।’
‘भरतपुर काण्ड’ चितवनका लागि धब्बा भएको भन्दै त्यो मेटाउन जरुरी रहेको बताउनुभयो । उहाँले अहिले पनि असली माओवादी एमालेमै रहेको दाबी गर्नुभयो ।





प्रतिक्रिया