अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भगवान रामको जन्मभूमि माडीको अध्योध्यापुरीमै हो : अध्यक्ष ओली

भगवान रामको जन्मभूमि माडीको अध्योध्यापुरीमै हो : अध्यक्ष ओली


चितवन – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले भगवान रामको जन्मभूमिको माडीको अयोध्यापुरी नै रहेको दाबी गर्नुभयो ।

चितवनको माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजाअर्चनापछि मंगलबार आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रामको जन्मभूमि माडीकै अयोध्यापुरी रहेको दाबी गर्नुभएको हो ।

रामको वास्तविक जन्मभूमि माडीको अयोध्यापुरी नै भएको भन्दै अध्यक्ष ओलीले भारतमा भएको अयोध्यापुरीको वास्तविक नाम फैजावाद भएको जिकिर गर्नुभयो ।

माडी नै राम जन्मभूमी भएको भनेर पुष्टि हुने वाल्मीकि आश्रम, देवघाट र त्रिवेणी रहेको दलील गर्दै उहाँले आफूले अध्ययन गरेर नै यहाँको बारेमा बताएको जानकारी दिनुभयो ।