अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब एमालेको सरकार बनेपछि कसैले ढाल्छु भनेर नचिताए हुन्छ : अध्यक्ष ओली

अब एमालेको सरकार बनेपछि कसैले ढाल्छु भनेर नचिताए हुन्छ : अध्यक्ष ओली


चितवन – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्न विपक्षीलाई साढे तीन वर्ष लागेको बताउनुभयो ।

मंगलबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब बन्ने एमाले नेतृत्वको सरकार कसैले ढाल्छु भनेर कल्पना नगर्न दाबी गर्नुभयो । ‘नेकपा एमालेको सरकार साढे तीन वर्षमा बल्ल ढाले । पहिले सरकार बनेको नौ महिनामा ढालेका थिए । अहिले साढे तीन वर्ष लाग्यो, अब बनेपछि कसैले ढाल्छु भनेर कसैले नचिताए हुन्छ’, ओलीले भन्नुभयो ।

उहाँले राम जानकीको सालिक बनाउनेदेखि लिम्पियाधुराको भूमि समेटेर नेपालको नक्सा बनाउने एमाले नै भएको भन्दै जनतालाई एमाले सरकारले गरेका काम देखाउन आग्रह गर्नुभयो । ‘सोचेजति माडीको विकास भएन भनेर आफू प्रचण्डको जिम्मा जमानी बसेर चुनाव जिताएँ,’ ओलीले भन्नुभयो, ‘जसको जमानी बसेको थिएँ उही फुत्केपछि के गर्नु ?’