अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनगढी उपमहानगरको नगर अध्यक्षमा जोशी सर्वसम्मत

धनगढी उपमहानगरको नगर अध्यक्षमा जोशी सर्वसम्मत


धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाको अध्यक्षमा रामचन्द्र जोशी सर्वसम्मत चयन हुनुभएको छ । मंगलबार सम्पन्न नगर कमिटीको प्रथम अधिवेशनबाट जोशीको अध्यक्षतामा ८५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको नेकपा एमालेले जनाएको छ ।

यस्तै नगर कमिटीकौ उपाध्यक्षमा जगदीश चौधरी, सचिवमा प्रेम महरा, उपसचिवमा झुम अधिकारी र दिप्ती शाही सर्वसम्मत चयन भएका छन् ।

जोशीले २०५४ सालदेखि अनेरास्ववियुबाट नेकपा एमालेको विद्यार्थी राजजीति शुरु गर्नुभएको थियो । २०५७ सालमा बाजुराको बाह्रविस गाउँ कमिटी उपाध्यक्ष हुनुभएका जोशीले इलाका कमिटि उपाध्यक्ष भएर काम गरिसक्नुभएका छन् । २०७२ सालमा धनगढी बसाइँ सराइँ गरेर आउनुभएपछि दुई कार्यकाल सचिवालय सदस्य र एक कार्यकाल नगर कमिटि सदस्य र एक कार्यकाल अध्यक्ष भएर काम गरेको अनुभव छ ।

निर्वाचित भएका पदाधिकारीलाई सुदूरपश्चिम प्रदेशका इञ्चार्च लेखराज भट्टले सपथ गराउनुभएको थियो ।