कर्णाली- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका जीवनबहादुर शाही नियुक्त हुनुभएको छ ।
मंगलबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा शाहीलाई नियुक्त गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिनुभएपछि सोमबार नै प्रदेश प्रमुख कलौनीले अर्को सरकार गठनका लागि मंगलबार राति ७ : ३० बजेसम्म दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।
कांग्रेस नेता जीवनबहादुर शाहीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका समेत गरी २१ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको थियो ।





प्रतिक्रिया