अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विर्तामोडको अध्यक्षमा सुवास भट्टराई निर्वाचित

एमाले विर्तामोडको अध्यक्षमा सुवास भट्टराई निर्वाचित


विर्तामोड -नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुवास भट्टराई निर्वाचित हुनुभएको छ । अध्यक्षमा भट्टराई र उमानाथ ओली बिच प्रतिष्पर्धा भएको थियो । गए राती सम्पन्न मत गणनाको परिणाम अनुसार भट्टराईले २७७ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभएको हो। प्रतिद्वन्दी ओलीले १४० मत प्राप्त गर्नुभएको छ ।

नगर कमिटीको उपाध्यक्षमा २१४ मत प्राप्त गर्दै पुष्पा दाहाल निर्वाचित हुनुभयो । प्रतिद्वन्दी उर्मिला विमली खरेलले १९४ मत प्राप्त गर्नुभएको छ । यस्तै, सचिवमा शेखर कँडेल निर्वाचित हुनुभएको छ । प्रतिद्वन्दी शंकरराज ढुङ्गेलले १८६ र कँडेलले २१६ मत प्राप्त गर्नुभएको छ । उपसचिव पद्मा प्रकास लिङ्देन र मदन बुढाथोकी निर्वाचित हुनुभएको छ । दुई जना उपसचिवका लागि ८ जनाले प्रतिष्पर्धा गरेका थिए । उपसचिवका उम्मेद्वारहरु डिल्ली सुब्बा १६९, प्रकास लिङ्देन १७९, प्रदिप खरेल ८२, कान्ती बहादुर कार्की ३४, मदन बुढाथोकी १७०, केशव कुमार ६१, पारस संगौला ८३ र तारा प्रसाद चापागाईले ३६ मत पाएका छन् ।

यस्तै सदस्यमा गुञ्जन प्रसाई र किशोर पौडेल निर्वाचित भएका छन् । दलित सदस्यमा रोशन घतानी र सुमन त्रिखत्री निर्वाचित भएका छन् । बुधबार दिउँसो १ बजे जिल्ला पार्टी कार्यालयमा घोषणासभा एवम् शपथग्रहण कार्यक्रम गराइने अध्यक्ष मण्डलका सदस्य बद्री भट्टराईले जानकारी दिनुभयो ।

९ गते भएको उद्घाटनपछि विर्तामोडमा सर्वसम्मतका लागि प्रयास गरिएको थियो । १४ जना अध्यक्षका आकांक्षीमध्ये १२ जनाले उम्मेदवारी नदिने भएपछि सहमतिका लागि बाटो खुलेको थियो । अध्यक्षका उम्मेद्वार ओलीले पुरानो नेता भएकै कारण आफुलाई छोड्नुपर्ने अडान राख्नुभएको थियो ।