अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन दिने चितवन बसाइपछि अध्यक्ष ओली काठमाडौं फिर्ता

तीन दिने चितवन बसाइपछि अध्यक्ष ओली काठमाडौं फिर्ता


चितवन- तीन दिने चितवन बसाइपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्कनुभएको छ ।

अध्यक्ष ओलीलाई एमाले चितवन अध्यक्ष पार्वती रावलसहित नेताहरु काशिनाथ अधिकारी, जनन्नाथ थपलिया, कृष्णभक्त पोखरेललगायतले बिदाइ गर्नुभयो ।

अध्यक्ष ओलीले चितवन बसाइका क्रममा पार्टीको दसौं महाधिवेशन स्थल निरीक्षणसहित दर्जनौं कार्यक्रममा सहभागिता जनाउनुभएको थियो । उहाँले माडीमा भएको सभालाई सम्बोधन गर्नुभयो भने नारायणीमा सञ्चालन भएको क्रुजको पनि निरीक्षण गर्नुभयो ।