अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण : बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई

प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण : बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई


काठमाडौं – सडकले माग्दैमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिन्न भन्नु राजनीतिक अभिव्यक्ति हो । चुनाव जितेर आउने हुनाले राजनीतिज्ञले राजीनामा दिन्न भन्छ । तर प्रधानन्यायाधीश त नैतिक र जनआस्थामा टिकेको पद हो ।

प्रधानन्यायाधीशको क्षेत्र वकालत हो । देशभरका अदालतमा बाक्सा राखौं । १९ जना न्यायाधीशका बीचमा बाक्सा राखौं । उहाँको चुनाव क्षेत्र कानून व्यवसायी र १९ जना न्यायाधीश हो । यो जनमत चोलेन्द्रको पक्षमा आउँछ कि विपक्षमा ? हामी तयार छौं । उहाँ नैतिक, भौतिक रूपले चुनाव हारिसक्नुभएको छ । आन्दोलनको आँधीबेहरीले हटाउनुभन्दा सहज बहिर्गमन गर्नुस् ।

१ . न्यायमा अवरोध सिर्जना ।

२. स्वेच्छिक पेसी तोक्ने । पारदर्शी पेसी तोक्न असफल ।

३ . न्यायिक विचलनलाई प्रोत्साहन ।

४. सहकर्मीको सम्पूर्ण विश्वास गुमाए ।

५ . न्याय प्रशासन र न्यायसम्पादन स्वच्छ ढंगले चलाउन सक्नुभएन।

६ . बिचौलियाको दबाब प्रभाव हटाउन सक्नु भएन ।

७. राजनीतिज्ञले जस्तो पावर पोलिटिक्स गर्नुभयो ।

८. नियुक्ति र सरूवाको आधारविना मनलाग्दी

९. भ्रष्टाचार र बेथिति मौलायो ।

१०. विचाराधीन मुद्दामा डिफेन्स गर्नुभयो, अन्तर्वार्ता दिएर ।

११. स्वार्थ बाझिएका मुद्दा आफै हेर्नुभयो ।

१२. आफन्त र नातागोता र निकटलाई चलखेल गर्दा निरूत्साहित गर्नुसट्टा प्रोत्साहित गर्नुभयो ।