काठमाडौं – एमालेको विधान महाधिवेशनले पारित गरेको प्रतिवेदन आगामी पार्टीको १०औँ महाधिवेशनमा जानकारीका लागि मात्र पेस गरिने भएको छ ।
पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले विधान महाधिवेशनले पारित गरेका दस्तावेजलाई १०औँ महाधिवेशनमा जानकारीका लागि टेबुल गरिने जानकारी दिनुभयो ।
महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको एमालेले चिवतनमै महाधिवेशन गर्ने फेरि दोहोर्याएर जानकारी दिएको छ ।
उक्त महाधिवेशनमा विभिन्न राजनीतिक दलका प्रतिनिधिदेखि कूटनीतिक नियोगका प्रतिनिधिलाई पनि आमन्त्रण गरिने जानकारी दिइएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा करिब पाँच लाख जना सहभागी हुने प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार निर्वाचनमार्फत नै नेतृत्व चयन गरिनेछ ।





प्रतिक्रिया