अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको महाधिवेशन

के छ महाधिवेशन तयारी ? (पूर्णपाठसहित)

के छ महाधिवेशन तयारी ? (पूर्णपाठसहित)


काठमाडौं- एमालेको विधान महाधिवेशनले पारित गरेको प्रतिवेदन आगामी पार्टीको १०औँ महाधिवेशनमा जानकारीका लागि मात्र पेस गरिने भएको छ ।

पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले विधान महाधिवेशनले पारित गरेका दस्तावेजलाई १०औँ महाधिवेशनमा जानकारीका लागि टेबुल गरिने जानकारी दिनुभयो ।

महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको एमालेले चिवतनमै महाधिवेशन गर्ने फेरि दोहोर्‍याएर जानकारी दिएको छ ।

उक्त महाधिवेशनमा विभिन्न राजनीतिक दलका प्रतिनिधिदेखि कूटनीतिक नियोगका प्रतिनिधिलाई पनि आमन्त्रण गरिने जानकारी दिइएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा करिब पाँच लाख जना सहभागी हुने प्रमुख भट्टराईले जानकारी दिनुभयो । उनका अनुसार निर्वाचनमार्फत नै नेतृत्व चयन गरिनेछ ।