अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘अवैद्य गर्भ’बाट जन्मिएको पार्टीलाई एमाले महाधिवेशनमा बोलाउँदैनौं : योगेश भट्टराई

‘अवैद्य गर्भ’बाट जन्मिएको पार्टीलाई एमाले महाधिवेशनमा बोलाउँदैनौं : योगेश भट्टराई


काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘अवैद्य गर्भ’बाट जन्मिएको पार्टीले एमाले महाधिवेशनमा सहभागी हुनै हैसियत नराख्ने बताउनुभएको छ ।

१० औं महाधिवेशनका सन्दर्भमा पार्टीको प्रचार विभागले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख समेत रहनुभएका भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै उक्त कुरा बताउनुभएको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीलाई महाधिवेशनमा निमन्त्रणा गर्ने कि नगर्ने भन्ने पत्रकारहरुको प्रश्नमा भट्टराईले सो जवाफ दिएपछि एमालेको महाधिवेशनको उदघाटन सत्रमा नेकपा एसका प्रतिनिधि नबोलाइने स्पष्ट भएको छ ।

भट्टराईले महाधिवेशनपछि एमाले नयाँ ऊर्जाका साथ जनतामा जाने बताउनुभयो । ‘महाधिवेशनपछि हामी नयाँ ऊर्जा र साहसका साथ फर्कन्छौं । एकवर्ष भित्र हुने तीनै तहका निर्वाचनमा हामी बहुमतका साथ सत्तारोहण गर्दर्छौं,’ उहाँले बताउनुभयो ।