अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको १० औं महाधिवेशन सफल पार्न ५३ नेतालाई जिम्मेवारी, कसलाई कुन जिम्मेवारी ? (सूचीसहित)

एमालेको १० औं महाधिवेशन सफल पार्न ५३ नेतालाई जिम्मेवारी, कसलाई कुन जिम्मेवारी ? (सूचीसहित)


काठमाडौं- नेकपा एमालेले १० औं महाधिवेशन सफल पार्नका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी दिएको छ ।

पार्टीको प्रचार विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार मूल व्यवस्थपन समिधिको संयोजकमा रामबहादुर थापा, सहसंयोजक सुरेन्द्र पाण्डे र सचिव विष्णु रिमाललाई तोकिएको छ ।

सदस्यहरुमा अष्टलक्ष्मी शाक्य, पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, रघुजी पन्त, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, शेरबहादुर तामाङ, विनोद श्रेष्ठ, आनन्द पोखरेल, देवी ज्ञवाली, सीता पौडेल, कपिल पोखरेल, लीला गिरी, दिपक देवकोटा, कृष्णभक्त पोखरेल र पार्वती रावल हुनुहुन्छ ।

प्रतिनिधि व्यवस्थापनको जिम्मेवारी विष्णुप्रसाद पौडेललाई दिइएको छ । जनपरिचालनको संयोजकमा सुरेन्द्र पाण्डे, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्कर्मा, रघुवीर महासेठ, लीला गिरी, यामलाल कँडेल, आनन्द पोखरेल, सीता पौडेल, देवी ज्ञवाली र कपिल पोखरेललाई जिम्मेवारी दिइएको छ ।

प्रचारको संयोजक योगेश भट्टराई, आर्थिक विष्णु रिमाल, यातायात काशीनाथ अधिकारी, आवास कृष्णभक्त पोखरेल, स्वयंसेवक विनोद श्रेष्ठ, खाद्य कपिल पोखरेल र पार्वती रावल, मञ्च व्यवस्थापन शेरबहादुर तामाङ, अतिथि सत्कार डा.राजन भट्टराई, साँस्कृतिक रघुजी पन्त, स्वास्थ्य भानुभक्त ढकाल र कार्यलय कपिल पोखरेल रहनुभएको छ ।