तनहुँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुस्तकालयले चेतना जगाउने काम गरेको बताउनुभयो । पुस्तकालयले विभिन्न कालखण्डमा मानव अधिकार, प्रजातन्त्र, बहुदलीयताको बारेमा चेतना जगाउन सफल भएको उहाँले बताउनुभयो ।
तनहुँको बेलचौतारामा रहेको जन पुस्तकालयको ४२औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘त्यतिबेलाका शासकले पुस्तकालयलाई बन्द गराउने कामसमेत गर्थे । ती बेला पुस्तकालयले राजनीतिकर्मी, कविलगायतलाई सचेत पनि बनाएको थियो ।’
पुस्तकालयलाई परिमार्जन गरेर लाइब्रेरी बनाउनुपर्ने उहाँको भनाई छ । पुस्तकालय समयसापेक्ष हुनुपर्नेमा उहाँको जोड छ । ‘अबको युगमा पुस्तक पत्रिका मात्रै पढ्छन् भन्ने हुँदैन । प्रविधिमा आएको विकाससँगै पुस्तकालयलाई अगाडी बढाउनुपर्छ ।
प्रतिक्रिया