अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीशसहित पाचैंजना न्यायाधीशले राजीनामा दिनुपर्छ :  पोखरेल

प्रधानन्यायाधीशसहित पाचैंजना न्यायाधीशले राजीनामा दिनुपर्छ :  पोखरेल


काठमाडौं – नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँचजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको छ । न्यायलयमा प्रधानन्यायाधीश राणाले मात्रै गल्ती गरेको जसरी व्याख्या हुनु गलत भएको बताउँदै उहाँले प्रधानन्यायाधीशसँगै पाँचैजनाको राजीनामा आउनुपर्ने बताउनुभयो ।

बिहीबार दाङको घोराहीमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले प्रधानन्यायाधीशसहित पाँचै न्यायाधीशले राजीनामा दिनुपर्ने जोड दिनुभएको हो ।

प्रधानन्यायाधीश राणाले सरकारमा भाग खोजेपछि उहाँको राजीनामा माग भइरहेको छ। प्रधानन्यायधीशको राजीनामा माग गर्दै करीब एक सातादेखि न्यायाधीशहरू इजलास बसेका छैनन् । संसद, कार्यपालिका र न्यायपालिकामाथिको जनविश्वास गुमेको भन्दै बारका बकिलहरुले पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग गरिरहेका छन्