अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मी प्रशासनबाट दुई हप्तामा साढे १३ सयले लिए नागरिकता

गुल्मी प्रशासनबाट दुई हप्तामा साढे १३ सयले लिए नागरिकता


गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मीबाट दुई हप्तामा साढे १३ सयले नेपाली नागरिकता लिएका छन् । १ कात्तिकदेखि १६ सम्म मात्र १ हजार ३३९ जनाले नेपाली नागरिकता लिएका हुन् । ४७८ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।

सोही अवधिमा ९५० लाई राहदानीका लागि सिफारिस गरिएको छ भने ४४७ जनाले राहदानी पाएको जिल्ला प्रशासन कार्यालय गुल्मीका खरिदार डिलबहादुर थापाले जानकारी दिनुभयो ।

प्रशासनले दैनिक सरदर ३० देखि ४० नागरिकता प्रदान गरिरहेको छ ।

१ हजार १९४ ले राष्ट्रिय परिचयपत्र पाएका छन् ।  जिल्ला प्रशासनमा तीन प्रशासकीय अधिकृतको दरबन्दी रहे पनि उद्धव पन्थी मात्र छन् । बाँकी दुई अधिकृत पद रिक्त छ ।