अछाम – अछामको चौरपाटी गाउँपालिका-६ दुनीस्थित एक घरमा आगलागी हुँदा चार लाखको क्षति भएको छ । झुसे साउँदको घरमा विद्युत सर्ट भई आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, नगद र दुई तोला सुन नष्ट भएको प्रहरी चौकी चौखुट्टेका प्रहरी सहायक निरीक्षक पदमराज जोशीले जानकारी दिनुभयो । आगलागी बिहीबार बिहान भएको हो ।
चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँद पनि घटना स्थल पुग्नुभएको थियो । आगलागी पीडीत राहत उपलब्ध गराइने उहाँले बताउनुभयो ।
साउँद परिवारलाई जीवन साउँदले खाद्यान्न, भाडाकुडा र त्रिपाल सहयोग गरेका छन् ।
प्रतिक्रिया