काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले चाहँदैमा एमाले पार्टी सिध्याउन नसक्ने बताउनुभएको । कांग्रेसका युवा नेता गगन थापालाई लक्ष्यित गर्दै उहाँले भ्याकुम लगाएर एमाले बढार्ने सपना नदेख्न आग्रह समेत गर्नुभयो ।
केही दिनअघि थापाले भक्तपुरमा भाषण गर्दै एमालेलाई चुनावमा भक्तपुरबाट क्लीन स्वीप गर्ने बताउनुभएको थियो । कतै कुनाकाप्ची बाँकी रहेमा ‘भ्याकुम’ लगाएर बढार्नेसमेत थापाले चुनौती दिनुभएको थियो । अध्यक्ष ओलीले भक्तपुरमै पुगेर गगन थापालाई जवाफ दिनुभएको हो ।
आज एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हिजो हो कि कहिले, एकजना बाबु घुम्दै यतै भक्तपुरमा भ्याकुम क्लिनर लिएर आएछन् । अनि, भ्याकुम क्लिनर लगाएर एमाले सिध्याउने रे । विचरा ! सिंगै कांग्रेस कहाँ पुग्यो हेक्का छैन ।’
ओलीले माओवादी अध्यक्ष प्रचण्डले आफूलाई गणतन्त्रको विरोधी भनी गरेको टिप्पणीको पनि ओलीले जवाफ दिनुभएको छ । उहाँले भन्नुभयो, ‘प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्षअगाडि नै हामीले गणतन्त्रको अभियान थालेका थियौं । २२ वर्षअगाडि नै गणतन्त्रको आन्दोलनमा जेल परेको थिएँ । कसैले धाक नदेखाए हुन्छ ।’





प्रतिक्रिया