अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिहारको चौथो दिन आज गाई, गोरु, गोवर्द्धन र हलि पूजा मनाइँदै

तिहारको चौथो दिन आज गाई, गोरु, गोवर्द्धन र हलि पूजा मनाइँदै


काठमाडौं -यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज  गोरु  पूजा गरिँदैछ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई  आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ।

आजै आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने चलन छ। द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद्हरु बताउँछन्।

गाईगोरुको पूजापछि आजै घरघरमा गएर देउसी खेलेर रमाइलो गर्ने प्रचलन छ।