अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल सम्वत् सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने प्रधानमन्त्री देउवाको विश्वास

नेपाल सम्वत् सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने प्रधानमन्त्री देउवाको विश्वास


काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको छ।
नेपाल संवत नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देश दिँदै देउवाले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने उल्लेख गरे ।

नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।
नेपाल संवतको प्रचलन र गरिवी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा उनलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले नेपाल संवत् ११४२ को उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएके ।