अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सियरा लियोनमा इन्धन बोकेको ट्यांकर दुर्घटना, ९४ जनाको जलेर मृत्यु

सियरा लियोनमा इन्धन बोकेको ट्यांकर दुर्घटना, ९४ जनाको जलेर मृत्यु


फ्रीटाउन- सियरा लियोनको राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठोक्किएपछि भएको बिस्फोटमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ। बिस्फोटमा दर्जनौं मानिस घाइते भएका छन् । लरीसँग ठोकिएपछि टयांकरको इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले वरपरका मानिस र सवारी साधनमा सल्किएको थियो।

ट्याकरनजिक मानिसहरुका डढेका शव छरपस्ट देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ट्यांकर ठोकिएपछि भएको आगोलागीबाट ठूलो मानवीय क्षति भएकोप्रति राष्ट्रपति जुलियस मादा बायोले गहिरो दुःख व्यक्त गरेका छन् ।

दुर्घटनापछि जलेर १०० भन्दा बढी मानिसको ज्यान गएको फ्रीटाउनका मेयर वाइभोन सवेरले बताएका छन् । फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जनाको उपचार भइरहेको बताइएको छ।