महोत्तरी – देउसी-भैलो खेल्न गएका एकजनाको शनिवार राति मृत्यु भएको छ । ट्याक्टरमा बसेर महोत्तरी गौशालाको रजखोरदेखि रामनगरतर्फ जाने क्रममा रजखोरका स्थानीय २२ वर्षीय युवा अजय रानाको मृत्यु भएको हो ।
ट्याक्टरबाट लडेर टाउकोमा गहिरो चोट लागेका रानाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
२० जनाको समूह बनाएर स्थानीय युवा देउसी खेल्न ट्याक्टर मा यात्रा गरेर रामनगरतर्फ गएका थिए ।
प्रतिक्रिया