ताप्लेजुङ – ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मैवाखोला गाउँपालिकाकी हेमकला लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मैवाखोला गाउँपालिकास्थित साँघुबाट बिरामी लिएर धरान जाँदै गरेको प्रदेश १–०१–००१ झ ०२२४ नम्बरको एम्बुलेन्स शनिवार राति ११ बजेतिर मिल्केडाँडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकी लिम्बुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया