अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सल्यानमा बस दुर्घटना, ८ जनाको मृत्यु

सल्यानमा बस दुर्घटना, ८ जनाको मृत्यु


सल्यान-सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा आठ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान भएको दुर्घटना परी आठ जनाको मृत्यु भएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताउनुभयो । उहाँका अनुसार बस सडकबाट दुई सय मिटर तल खसेको छ ।

घटनास्थलमै पाँच जनाको मृत्यु भएको छ भने उद्धार गरी श्रीनगर लगिएका थप ३ जनाको मृत्यु भएको डिएसपी थापाले बताउनुभयो ।

‘घाइतेको संख्या धेरै छ,’ उहाँले भन्नुभयो, ‘हामी उद्धार गरी अस्पताल पुर्‍याउँदै छौं।’ बसमा ३० जना यात्रु रहेको बताइएको छ ।

बस दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको हो । प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिनुभयो ।