दाङ – दाङमा एकै दिन दुई जनाको हत्या भएको छ । तुलसीपुरमा एक युवकको र गढवाम एक महिलाको शनिवार हत्या भएको हो ।
तुलसीपुर उपमहानगरपालिका–४ नयाँबस्ती निबासी २० वर्षीय टोपबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार स्थानीय युवाहरूको लठ्ठी र धारिलो हतियार प्रहारबाट पुनको हत्या भएको हो । घाइते अवस्थामा रहेका पुनको उपचारको क्रममा राप्ति प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । कपुरकोटका शंकर डागी गम्भीर घाईते रहेको प्रहरीले जानकारी दिएको छ ।
घटनामा सम्लग्न रहेकाहरू सबै फरार रहेको र उनीहरूको खोजी तीव्र पारिएको अर्यालले बताउनुभयो । दुई गाउँका युवाहरूबीच पहिलेदेखि मन्मुटाप रहेको र शनिवार भेटभएपछि घटना भएको डिएसपी अर्यालले बताउनुभयो । घाइते र मृतक यसअअघि चोरी र कुटपिट मुद्दामा १५ हजार धरौटीमा छुटेका वयक्ति हुन् ।
गढवामा श्रीमतीको हत्या
गढवामा बञ्चरोको बिँडले प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । गढवा गाउँपालिका–७ परिचोकका ६३ वर्षीय डनबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घरायसी विवादमा डनबहादुरले सुनिताको टाउकोमा बञ्चरोको बिँडले हिर्काएपछि सुनिता रोकाको मृत्यु भएको प्रहरीको भनाइ छ । श्रीमतीको हत्या गरेर भागेका डनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।
प्रतिक्रिया