अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले निर्वाचन आयोगका अध्यक्षको मृत्यु

एमाले निर्वाचन आयोगका अध्यक्षको मृत्यु


सुर्खेत – नेकपा एमाले कालीकोटका निर्वाचन आयोगका अध्यक्ष प्रेमबहादुर शाहीको मृत्यु भएको छ । कालीकोट खाडाँचक्र नगरपालिका–१ निवासमा उहाँको शनिबार राति मृत्यु भएको हो ।

लामो समयदेखि बिरामी रहेका उहाँ घरैमा आराम गरिरहनुभएको थियो । पूर्व गाविससचिव समेत रहेका शाही नेकपा एमालेबाट खाडाँचक्र नगरपालिका–१ मा वडा सदस्यमा विजयी हुनुभएको थियो ।