काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली-काठमाडौं सम्पर्क कमिटीलाई रु.२५ हजार रूपैयाँ दक्षिणा दिनुभएको छ ।
कर्णाली-काठमाडौं सम्पर्क कमिटीले आयोजना गरेको देउसी भैलो कार्यक्रममा अध्यक्ष ओलीले आफूलाई निम्त्याएर देउसी खेल्ने कर्णालीका कार्यकर्ताको टीमलाई २५ हजार रूपैयाँ दक्षिणा दिने घोषणा गर्नुभएको हो ।
‘देउसी र सांस्कृति कार्यक्रमले नेपाली संस्कृति बोकेको छ । त्यसैले यसलाई जोगाउने दायित्व नेकपा एमालेको काँधमा रहेको’ अध्यक्ष ओलीले बताउनुभयो ।
कर्णालीबाट एमाले कमजोर पार्न खोजिए पनि सबैभन्दा सशक्त भएर उभिने दाबी समेत गर्नुभयो ।





प्रतिक्रिया