काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले (एमाले) देश र जनताका निम्ति बनेको पार्टी भएको बताउनुभएको छ । एमाले कर्णाली–काठमाडौं सम्पर्क समितिले २०७८ सालको तिहारका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बताउनुभएको हो ।
अध्यक्ष ओली भन्नुहुन्छ, ‘एमाले देशका लागि बनेको पार्टी हो । यो पार्टी मान्छे अल्मल्याएर दुनो सोझ्याउने पार्टी होइन । जनताका लागि जाग्ने पार्टी हो ।’ उहाँले भन्नुभयो, ‘कर्णालीमा कर्णालीले जनताले जित्नुपर्छ । भ्रमले जित्ने होइन । अरुका दलाल र ठगहरुले होइन ।’





प्रतिक्रिया