अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओली ‘फादर अफ द नेशन’ : महेश बस्नेत

केपी ओली ‘फादर अफ द नेशन’ : महेश बस्नेत


काठमाडौं -नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले अध्यक्ष केपी ओली ‘फादर अफ द नेशन’ भएको बताउनुभएको छ ।
नेकपा एमाले दक्षिणकाली नगर कमिटीले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता बस्नेतले केपी ओली कै कारण विश्वमा नेपालको स्वभिमान उचो भएको बताउनुभयो।
मुलुकको विकास र समृद्धिको साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा अध्यक्ष ओलीले खेलेको भूमिका ऐतिहासिक भएको उल्लेख गर्दै नेता बस्नेतले ओलीकै मिसन र भिजनमा अबको नेपालको राजनीति दशकौंसम्म रहने बताउनुभयो । ।

बस्नेतले भन्नुभयो ‘नेन्सल मण्डेलालाई दक्षिण अफ्रीकामा फादर अफ नेशन भन्छन् । त्यस्तै आम नेपाली जनताको बीचमा फादर अफ द नेशन भनेर नेपालमा केपी ओली हो भन्ने पुष्टि भएको छ । त्यसैले केपी ओली आइलभ यु, आजलाई हैन भोलीलाई १० वर्ष ओलीलाई भन्ने नारा लगाएका छन् । त्यसैले सारा नेपाली जनताले केपी ओलीलाई ‘फादर अफ द नेशन’ भनि घोषणा गरिरहेका छन् ।’