अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङ एमालेका वडा सदस्य देखि केन्द्रीय सदस्यसम्मलाई एकै ठाउँमा राखेर अध्यक्ष ओलीले आज प्रशिक्षण दिनुहुने

मोरङ एमालेका वडा सदस्य देखि केन्द्रीय सदस्यसम्मलाई एकै ठाउँमा राखेर अध्यक्ष ओलीले आज प्रशिक्षण दिनुहुने


विराटनगर -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज मोरङमा पार्टीका वडा सदस्य देखि केन्द्रीय सदस्यसम्मलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिंदै हुनुहुन्छ । त्यस कार्यक्रमका लागि अध्यक्ष ओली आज ११ बजे विराटनगर जाँदै हुनुहुन्छ ।
जिल्ला अध्यक्ष ऋषी पोखरेलका अनुसार जिल्लाका सबै १७ पालिकामा हालै निर्वाचित पार्टीका वडा सदस्य देखि मोरङमा रहेका केन्द्रीय सदस्यसम्मलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिन लागिएको हो । ‘वडाका सबै पदाधिकारी र सदस्य,पालिकाका पदाधिकारी र सदस्य,जिल्ला कमिटीका अध्यक्ष सहित सबै सदस्य,प्रदेशका अध्यक्ष सहित सबै सदस्य र मोरङमा भएका विभागका सदस्य र पार्टी केन्द्रका सबै सदस्यहरुलाई पार्टीको नीति,आसन्न दशौं महाधिवेशन,आगामी निर्वाचनको तयारीका बारेमा अध्यक्षज्यूले प्रशिक्षण दिनुहुनेछ ’ अध्यक्ष पोखरेलले नेपाली बहस डट कमसँग भन्नुभयो । कमिटीमा आवद्ध करिब ४ हजार सदस्य आजको प्रशिक्षणमा सहभागी हुने पोखरेलले बताउनुभयो ।
१२ बजे देखि करिब ३ बजेसम्म जिल्ला पार्टी कार्यलय पाञ्चालीमा प्रशिक्षण पश्चात शुभकामना आदान प्रदान कार्यक्रम राखिएको छ । कार्यक्रममा अन्य पार्टीका नेता,उद्योगी व्यापारी,कर्मचारी,प्रहरी लगायतलाई आमन्त्रण गरिएको पोखरेलले जानकारी दिनुभयो । अध्यक्ष ओली आजै चार बजे काठमाडौं फर्कर्दै हुनुहुन्छ ।