अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सवारी दुर्घटनामा पुरोहितको ज्यान गयो

सवारी दुर्घटनामा पुरोहितको ज्यान गयो


उदयपुर- उदयपुर सदरमुकाम गाईघाटमा सवारी दुर्घटनामा एक बृद्धको ज्यान गएको छ ।

त्रियुगा नगरपालिका- ११ गाईघाट बजारस्थित मेन चोकमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा त्रियुगा नगरपालिका-११ शान्तिनगर टोलका ८५ वर्षीय पुरोहित कुलप्रसाद भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

घाइते भण्डारीको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा ज्यान गएको हो । को-१९ प ९६४६ नम्बरको मोटरसाइकल र स-१ ह१६२० नम्बरको अटो ठाेक्किएका थिए । मोटरसाइकल पछाडि सवार भण्डारीकाे ज्यान गएकाे हाे ।

अटो चालक चौदण्डीगढी नगरपालिका-७ का नरबहादुर कार्कीले चलाएको थियो ।