अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिहार साकिएलगत्तै सुनको मूल्य तोलामा १५ सयले बढ्यो

तिहार साकिएलगत्तै सुनको मूल्य तोलामा १५ सयले बढ्यो


काठमाडौं – तिहार सकिएलगत्तै बजारमा सुनचाँदीको मूल्य ह्वात्तै उकालो लागेको छ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीवार छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएकोमा सोमबार एकै पटक एक हजार ५०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको हो । बिहीवारयता तिहारको सार्वजनिक बिदापछि सोमबार पहिलो पटक सुनचाँदीको मूल्य तोकिएको हो ।

सोमबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । गत बिहीवार १ हजार २२५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।