अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीबारे देउवा र प्रचण्डमध्ये एक जनाले झुटो बोले : अध्यक्ष ओली

एमसीसीबारे देउवा र प्रचण्डमध्ये एक जनाले झुटो बोले : अध्यक्ष ओली


विराटनगर – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मध्ये एक जनाले झुटो बोलेको दाबी गर्नुभयो ।

सोमवार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘दुईमध्ये एक जनाले झुट बोलेको स्पष्ट देखियो ।’

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीसम्बन्धी सम्झौता पास गर्छौं भनेर आफू र प्रचण्डले हस्ताक्षर गरेर दिइसकेको बताउनुभएको थियो । तर प्रचण्डले भने राष्ट्रिय सहमति नभई एमसीसी सम्झौता पारित गर्न सकिन्न भनेर समय मागका लागि पत्र पठाइएको दाबी गरिरहनुभएको छ ।