नेपालगञ्ज – बाँके प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा करीब दुई लाख बराबरको लत्ता कपडा, सुर्ती, सुपारीलगायत सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार नेपालगञ्ज–१० बाट भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याएको लत्ताकपडा, सुर्ती, सुपारीलगायत सामान बरामद गरी आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको हो ।
प्रहरीको टोलीले लागुऔषध मुद्दामा फरार रहेका बाँके खजुरा–३ का २३ वर्षीय शिशिर श्रेष्ठलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बाँकेमा पठाएको छ । श्रेष्ठमाथि लागु औषध मुद्दामा बाँके जिल्ला अदालतले २३ मंसिर २०७५ को फैसलाले चार वर्ष १० महीना १४ दिन कैद र पाँच हजार जरिवाना तोकिएको थियो ।
अदालतको फैसला आएलगत्तै फरार रहेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धनौली बाँकेबाट खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएर जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया