अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशनका निम्ति एमालेले पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने

महाधिवेशनका निम्ति एमालेले पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने


काठमाडौं – नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि पार्टी सदस्यबाट १०० रुपैयाँ उठाउने भएको छ ।

चन्दा नउठाउने निर्णय गरेको एमालेले हरेक पार्टी सदस्यबाट रु.१०० रुपैयाँ उठाउने मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताउनुभयो । ‘पार्टी सदस्यबाट रु.१०० रुपैयाँ उठाउँदा सात करोड जति उठ्छ’, पाण्डेले भन्नुभयो ।

त्यस्तै महाधिवेशन प्रतिनिधिबाट दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार उठाउने भएको छ । पदमा रहेकाहरुबाट समेत निश्चित रकम संकलन गरेर महाधिवेशन हुने पाण्डेले बताउनुभयो ।

सदस्यता नवीकरणबाहेक एमालेले यसअघि पार्टी सदस्यबाट महाधिवेशन प्रयोजनका निम्ति रकम उठाउने गरेको थिएन ।