काठमाडौं -लामोे समय देखि रानीतिक संयन्त्रमा बस्ने प्रचण्डको रहर पुरा भएको छ ।
आफ्नै पार्टीको सरकार हुँदा पनि सरकार चलाउन राजनीतिक संयन्त्रको प्रस्ताव गरेका प्रचण्ड केपी शर्मा ओलीको कार्यकालभरी सफल हुनु भएको थिएन । उहाँको करिब चारवर्ष अघि देखिको रहर वर्तमान सरकारले पुरा गरिदिएको छ । त्यती मात्र होइन प्रचण्डले कोरोना रोकथाम नियन्त्रणका लागि पनि आफू संयोजक रहने गरी केन्द्र देखि प्रदेश हुँदै स्थानीय तहसम्म सर्वदलीय संयन्त्रको प्रस्ताव गर्नुभएको थियो । तर तत्कालिन प्रधानमन्त्री ओलीले प्रचण्डको यो प्रस्तावलाई सरकार र स्थानीय सरकारलाई कमजोर पार्ने रणनीति भन्दै अस्विकार गर्नुभएको थियो ।
आज बसेको सत्तारुढ गठबन्धनको बैठकले ११ सदस्यीय राजनीतिक समन्वय समिती गठन गरेको छ । त्यसमा प्रचण्ड सदस्य हुनुहुन्छ । सत्तारुढ गठबन्धनका सबै दलबाट प्रतिनिधित्व हनुेगरी यो समिती बनाइएको सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार काँगेस र जनमोर्चा बाहेक अरु पार्टीबाट एक एकजनाको मात्र नम दिइएको छ । सरकारको तर्फबट मन्त्री कार्की,काँग्रेसबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समितीमा छन् । जनमोर्चाबट चित्रबहादुर केसी रदुर्गा पौडेल समितीमा छन् । माओवादीबाट प्रचण्ड,नेकपा एसबाट माधव नेपाल,जनता समाजावादीबाट उपेन्द्र यादव समितीमा छन् । तीनवटै पार्टीबाट एक एकजना सदस्यको नाम केही दिन भित्र बुझाइने नेताहरुले बताएका छन् ।
समितीमा रहेका नामहरु हेरेपछि एक नेताले यो समितीलाई असन्तुष्टहरुको समुहको संज्ञा दिएका छन् ।





प्रतिक्रिया