वैतडी -घर छाउने खर काट्ने क्रममा बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ बिकुलकी ४२ वर्षीया तुलसी कुँवर हुन् । घर नजिकैको गोठाखोला भिरमा खर काटिरहेका बेला कुँवर लडेकी थिइन्। उनको घट्नास्थलमै मृत्यु भएको स्थानीय प्रेमसिंह कुँवरले जानकारी दिए।
प्रतिक्रिया