काठमाडौं– एमालेको नवौं महाधिवेशनपछि वरिष्ठ नेता रहनुभएका झलनाथ खनालको वरीयता खोस्नुभएका समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले फेरि पनि ‘ह्यारेस’ गर्नुभएको छ ।
पार्टी विभाजनपछि सम्मानित नेताको पदवी दिइएका खनालको छुट्टै कार्यालय त छैन नै, अध्यक्ष नेपालकै ‘साइड चेयर’ दिइएको छ । विदेश विभाग प्रमुखसमेत रहनुभएका खनालको अध्यक्षतामा पहिलोपटक बसेको विभागको बैठकले कार्यालय व्यवस्थित गर्ने निर्णय भएको छ ।
एमाले विभाजनका बेला दिल्लीमा रहनुभएका खनाल स्वास्थ्यलाभ गरेर पार्टी काममा फर्कनुभएको छ ।
बैठकले विदेश विभागको कार्यालय व्यवस्थित गर्ने, वर्तमान विश्व कम्युनिष्ट आन्दोलनको बारेमा यथार्थ स्थितिको अवलोकन गर्ने, विभिन्न देशमा रहेका कम्युनिष्ट पार्टीहरूको बारेमा अध्ययन गर्ने, सम्पर्क गर्ने र सम्बन्ध विस्तार गर्ने, नेपाली कम्युनिष्ट आन्दोलनको बारेमा मित्र पार्टीलाई जानकारी गराउने, र विदेश विभागको तर्फबाट Socialism नामक मासिक पत्रिका नियमित प्रकाशन गर्ने निर्णय गरेको छ ।
बैठकले विदेश विभागको सचिवमा विदेश विभाग सदस्य डा शंकर खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।





प्रतिक्रिया