अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाबु र हजुरबुबाको स्मृतिमा त्रियुगा हंश वौद्धिक गुरुकुलम भवन निर्माण

बाबु र हजुरबुबाको स्मृतिमा त्रियुगा हंश वौद्धिक गुरुकुलम भवन निर्माण


उदयपुर – हंशअम्बर दाहाल (खत्री) परिवारले त्रियुगा नगरपालिका–१२ त्रियुगा नदी किरानामा रहेको त्रियुगा पुलमुनिको त्रियुगा शान्ति धाममा रु.१ करोड २० लाख बराबरको बौद्धिक गुरुकुलम विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरेको छ ।

दाहाल खत्री परिवारले हजुर बुबा स्व. हंशबहादुर दाहाल खत्री र बाबु अम्बरबहादुर दाहाल खत्रीको स्मृतिमा शान्ति धाम परिसरमा रहेको वौद्धिक गुरुकुलम विद्यालय भवन निर्माण तथा सालिक अनावरण गरी विधिवत रुपमा हस्तान्तरण गरेको हो ।

हजुरबुबा हंशबहादुर दाहल खत्रीको १७ वैशाख २०७२ मा र बुबा अम्बरबहादुर दाहाल खत्रीको १४ कात्तिक २०७७ मा निधन भएको थियो । हजुरबुवा र बुबाको स्मृतिमा परिवारले भवन निर्माण गरेका हुन् ।

नवनिर्मित भवनको जगतगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्यले उद्घाटन गरी शान्ति धाम समितिलाई हस्तान्तरण गरेका हुन् । उक्त भवन गुरुकुलममा अध्यायनरत विद्यार्थीले प्रयोग गर्नेछन् । सोही स्मृतिको अवसरमा छोरा तथा नातिहरूले भवन हस्तान्तरण तथा सालिक अनावरण गरेको परिवारका कान्छा छोरा राकेश खत्रीले जानकारी दिनुभयो ।

सात दिने पुराणसहित स्व. बुबा र हजुरबुवाको आत्माशान्तिका लागि भवन दान तथा पुराण लगाएको खत्रीले बताउनुभयो । खत्रीका अनुसार त्रियुगा नगरपालिका–१२ शान्तिधामस्थित दुई तले १६ कोठे सुविधासम्पन्न विद्यालय भवन निर्माण गरी सोही भवन अगाडि बुबा र हजुरबुबाको शालिक निर्माण एवं अनावरण गरिएको छ । विद्यालय भवनको नाम त्रियुगा हंश वौद्धिक गुरुकुलम राखिएको छ ।