अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोटरसाइकल दुर्घटनामा दुई घाइते

मोटरसाइकल दुर्घटनामा दुई घाइते


धनकुटा – धनकुटामा म‌गलवार बिहान भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । धनकुटा नगरपालिका-६ फोक्लेन टापुमा भएको दुर्घटनामा मोरङ बेलबारी नगरपालिका-८ घर भएका ४० वर्षका हरि भट्टराई र सोही ठाउँका ४२ वर्षका तुलसीप्रसाद भटराई घाइते भएको प्रहरीले जनाएको छ ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्र.१–०२–०४१ प ९४०९ नम्बरको मोटरसाइकललाई सोही दिसातर्फ जाँदै गरेको को.१ख ७२४० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार हरिप्रसाद भट्टराई गम्भीर घाइते भएका छन् । त्यस्तै मोटरसाइकल चालक तुलसी भट्टराई सामान्य घाइते भएका छन् ।

गम्भीर घाइते हरिको जिल्ला अस्पताल धनकुटा उपचार हुन नसकेपछि थप उपचाको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिनुभयो । मोटरसाइकललाई ठक्कर दिने बस र बसका चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको धनकुटा प्रहरी प्रमुख एसपी नहकुल पोख्रेलले जानकारी दिनुभयो ।