अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा खापुङ कर्णालीमा परियार र सुदूरपश्चिममा जोशी नयाँ प्रदेश प्रमुख

प्रदेश १ मा खापुङ कर्णालीमा परियार र सुदूरपश्चिममा जोशी नयाँ प्रदेश प्रमुख


काठमाडौं – सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

बालुवाटार स्रोतका अनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ ।

हाल प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख हुनुहुन्थ्यो ।