अछाम – बच्चा जन्माउन नसकेपछि अछामबाट एक जना गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका-१ निवासी मनसरा देवकोटाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
दुई पटक शल्यक्रियाबाट प्रसूति गराइएको र तेस्रो पटकको प्रसूतिमा गम्भीर समस्या भएपछि उहाँको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । तत्काल उद्धर गर्नुपर्ने भएकाले हेलिकोप्टर मगाएर कोहलपुर लगेको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरी, गर्भवतीलाई नि:शुल्क उद्धार गर्ने व्यवस्था सरकारले गर्दै आएको छ ।
अछाममा २०७६ सालदेखि हालसम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत १८ जना महिलाको हेलिकोप्टरमार्फत उद्धार गरेको प्रजिअ मल्लले जानकारी दिनुभयो ।
प्रतिक्रिया