ताप्लेजुङ – नेकपा एमाले पार्टीको सचिव योगेशकुमार भट्टराईले गठबन्धन सरकारको आयु लामो नरहेको बताउनुभयो ।
ताप्लेजुङको सदमुका फुङ्लिङमा मंगलबार पत्रकार सम्मेलन गर्दै उहाँले आवेगमा एमाले पार्टीको विरुद्धमा पाँच दलको गठबन्धन भएकाले गठबन्धन सरकारको आयु लामो नरहेको बताउनुभएको हो ।
गठबन्धनमा आवद्ध दल नस्पाती र सुन्तला जस्तै कुनै गुण, रंग, रस नमिल्ने भएकाले केही समयमै गठबन्धन सरकार विघटनतिर जाने उहाँले दाबी गर्नुभयो । ‘अहिलेको गठबन्धन सरकार नस्पाती र सुन्तलाको कलमी जस्तै हो,’ उहाँले भन्नुभयो ।
गठबन्धन दलहरूमा विघटनको संकेतहरु देखा पर्न थालेकाले आगामी निर्वाचनसम्म पनि यसको आयु नरहेको नेता भट्टराईले दाबी गर्नुभएको छ ।





प्रतिक्रिया