अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब कसैले चाहेर पनि एमालेमा विवाद हुँदैन, त्यस्तो मानसिकता त्यागे हुन्छ : कर्ण थापा

अब कसैले चाहेर पनि एमालेमा विवाद हुँदैन, त्यस्तो मानसिकता त्यागे हुन्छ : कर्ण थापा


धनगढी – नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले भीम रावलले पार्टीमा विवाद निम्त्याउन खोजेको आरोप लगाउनुभएको छ ।

आफूले फोन गरेर बैठकमा आउन आग्रह गर्दा नआएका रावलले सामाजिक संजालबाट पार्टीविरुद्धका गतिविधि पोष्ट गर्दै एमालेमा विवाद निम्त्याउन खोजेको उहाँको आरोप छ । तर, अब कसैले चाहेर पनि एमालेमा विवाद हुन नसक्ने उहाँले दाबी गर्नुभयो ।

‘फोन गरेर प्रदेश स्तरिय बैठकमा आउन आग्रह गर्दा पनि आउँदिन भन्ने रावलले सामाजिक संजालको दुरुपयोग गरेर पार्टीमा विवाद निम्त्यान खोजेका छन्,’ नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकमा थापाले भन्नुभयो, ‘तर अब कसैले चाहेर पनि एमालेमा विवाद हुँदैन, त्यस्तो मानसिकता त्यागे हुन्छ ।’ उहाँले एमाले २ जेठ २०७५ अघिको अवस्थामा फर्कन नसक्ने पनि बताउनुभयो । रावल कामरेडले २ जेठअघिको संरचनाअनुसार पार्टी चल्नु पर्छ भन्ने माग राख्नु भएको छ,’ उहाँले भन्नुभयो, ‘त्यो सम्भव छैन, सबै मिलेर गए कुनै समस्या हुँदैन ।’

एमाले लोकतान्त्रिक पार्टी भएकोले सबैले आफ्ना धारणा राख्न पाउँछन् । तर, पार्टीका गतिविधि मान्दिन भन्दै सामाजिक संजालमा नानाथरी लेख्ने काम राम्रो हैन । त्यो पार्टिी विरोधी गतिविधि हो ।

उहाँले सामाजिक संजालमार्फत नभई बैठकमा आएर आफ्ना अभिव्यक्ति राख्न पनि आग्रह गर्नुभयो ।  एमाले लोकतान्त्रिक पार्टी भएको र बैठकमा सबैले आफ्ना धारणा राख्न पाउने उहाँले बताउनुभयो । ‘तर, पार्टीका गतिविधि मान्दैन भन्ने अनि सामाजिक संजालमा नानाथरी लेख्ने काम राम्रो हैन्,’ उहाँले भन्नुभयो, ‘त्यो पार्टिी विरोधी गतिविधि हो ।’

एमाले उपाध्यक्ष रावलले मंगलवार बिहान ट्विवट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाउनुभएको थियो । उहाँले धनगढीमा बसेको बैठक प्रदेश स्तरिय नभई गुटको भेला भएको आरोप लगाउनुभएको थियो ।

बैठकमा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सह–इन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायतको उपस्थिति छ ।