अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावलले संगठनात्मक अराजकताको सीमा नाघ्दै हुनुहुन्छ : लेखराज भट्ट

भीम रावलले संगठनात्मक अराजकताको सीमा नाघ्दै हुनुहुन्छ : लेखराज भट्ट


धनगढी – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले भीम रावललाई अराजक भएको आरोप लगाउनुभएको छ ।

मंगलबार सम्पन्न एमाले प्रदेश कमिटीको पूर्ण बैठकको निर्णय सुनाउँदै भट्टले रावलका अभिव्यक्तिहरूप्रति लक्षित गर्दै अराजक भइरहेको बताएका हुन् । एमाले उपाध्यक्ष रावलले मंगलबार बिहान पोस्ट गरेको ट्वीटको जवाफ दिँदै इन्चार्ज भट्टले मतभेदहरू पार्टी कमिटीमा राख्दा उपयुक्त हुने भए पनि मिडियामार्फत पार्टीमा भएका मतभेदहरू सार्वजनिक गर्नु संगठनात्मक अराजकता भएको बताउनुभयो ।

‘उहाँले पार्टी नै अवैधानिक हो भन्नु पर्‍यो,’ इन्चार्ज भट्टले भन्नुभयो, ‘नत्र पार्टीले गरेको निर्णय कसरी अवैध हुन्छ । कसैको स्वार्थ अनुसार महत्वकांक्षा पूरा गर्दा त्यो निर्णय सही हुने अरू निर्णयहरू अवैध हुने भन्ने हुँदैन ।’

प्रदेश कमिटी बैठकबारेमा जानकारी दिन फोन गर्दा रावलले नआउने तपाईहरू गर्नुहोस् भन्ने जानकारी दिएको इन्चार्ज भट्टले बताउनुभयो । बैठकले उपसचिवमा बलदेव रेग्मी र भागरथी बिस्टलाई चयन गरेका छन् । भट्टले १८३ सदस्यीय प्रदेश कमिटी सदस्यहरूमध्ये खाली भएका संख्या संख्या पूर्ति गरेको बताउनुभयो ।