काठमाडौं – भोलिदेखि शुरु हुने राष्ट्रिय जनगणना-२०७८ बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुरु हुने भएको छ ।
केन्द्रीय तथ्यांक विभागले आज पत्रकार सम्मेलन गरेर जनाए अनुसार बिहान १० बजे राष्ट्रपति भण्डारीको निवासमा जनगणना गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुंयाल र विभागका महानिर्देशक सहितको टोली शितल निवास जानेछ । राष्ट्रपति भण्डारीको गणक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ हुनुहुनेछ ।
यसैगरी दिउसो ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको जनगणना कार्य हुँदैछ । देउवाको गणक पनि महानिर्देशक श्रेष्ठ नै हुनुहुनेछ ।
विभागका अनुसार दिउसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको जनगणना हुनेछ । उहाँहरुको गणकको रुपमा पनि विभागका महानिर्देशक श्रेष्ठ सहितको टोली परिचालन हुने विभागले जनाएको छ ।





प्रतिक्रिया