अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका संगठित सदस्य काठमाडौंमा सबैभन्दा बढी, मनाङमा १७९ मात्र

एमालेका संगठित सदस्य काठमाडौंमा सबैभन्दा बढी, मनाङमा १७९ मात्र


काठमाडौं – नेकपा एमालेका तीन प्रदेशका संगठित सदस्यको संख्या सार्वजनिक हुँदा सबैभन्दा बढी काठमाडौंमा र सबैभन्दा कम संख्या मनाङमा देखिएको छ ।

बाग्मती, सुदूरपश्चिम र गण्डकी प्रदेशका संगठित सदस्यको नाम सार्वजनिक हुँदा देशकै राजधानी काठमाडौंमा सबैभन्दा बढी २० हजार १०० र हिमाली जिल्ला मनाङमा १७९ मात्र एमालेमा सहभागी भएको देखिएको हो ।

बाग्मती प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी १ लाख ६४ हजार २३०, गण्डकीको ११ जिल्लामा ७८ हजार ९३५ तथा सुदूरपश्चिम प्रदेशमा ८२ हजार २४४ जनाले एमालेको संगठित सदस्यता प्राप्त गरेको सो पार्टीले जनाएको छ ।

राजधानी काठमाडौंपछि दोस्रो स्थानमा कैलालीमा २२ हजार ६४३ तथा तेस्रो स्थानमा सिन्धुलीमा २० हजार २५७ रहेका छन भने सबैभन्दा कम दोस्रो स्थानमा मुस्ताङमा ५२५ र रसुवामा १ हजार ८३६ जनाले एमालेको संगठित सदस्यता प्राप्त गरेको एमालले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यस्तो छ तीन प्रदेशको संगठित सदस्य

बाग्मती प्रदेश

१. काठमाडौं– २०,१००

२. ललितपुर– ८,६०५

३. भक्तपुर– ५,२८९

४. मकवानपुर– ९,२५८

५. चितवन– १५,८११

६. धादिङ– १२,२४९

७. रसुवा– १,८३६

८ . नुवाकोट–८,९२६

९. काभ्रेपलाञ्चोक–२२,०५५

१०. सिन्धुपाल्चोक– १५,०२५

११. दोलखा– १२,१५७

१२ . रामेछाप– १२,६६२

१३. सिन्धुली– २०,२५७

जम्मा– १,६४,२३०

गण्डकी प्रदेश

१. मनाङ – १७९

२. मुस्ताङ – ५२५

३. म्याग्दी– ३,७३७

४. बागलुङ – ५,२०५

५ . तनहुँ– ६,१०४

६. लमजुङ– ६,४३२

७ . पर्वत– ६,७६०

८. गोरखा– ७,६४४

९. नवलपुर– ११,२१५

१०. स्याङ्जा– १३,६४८

११ . कास्की– १७,४८६

   जम्मा–  ७८,९३५

सुदूरपश्चिम प्रदेश

१. कैलाली – २२,६४३

२. कञ्चनपुर– ९,३१५

३ . डोटी–  ६,५००

४ . डडेल्धुरा–  ४,५४३

५ . अछाम–  ६,०००

६. बझाङ –  ७,०००

७. बाजुरा –  ११,९६३

८. बैतडी–  ८,०८०

९. दार्चुला –  ६,३००

जम्मा–   ८२, २४४