अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी फिर्ता लिन बामदेव गौतमको आग्रह

एमसीसी फिर्ता लिन बामदेव गौतमको आग्रह


काठमाडौं – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमसीसी परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गर्नुभएको छ ।

एमसीसी परियोजनालाई लिएर नेपाली जनमत विभाजित भएको र तत्काल यो संसदबाट अनुमोदन हुन नसक्ने भन्दै गौतमले परियोजना फिर्ता लिन माग गर्नुभएको हो ।

बुधवार विज्ञप्तिमार्फत गौतमले नेपालको संसद र सरकार विशिष्ठ अवस्थाको रहेको भन्दै यो सरकार र संसदबाट एमसीसी अनुमोदन हुन नसक्ने उल्लेख गर्नभएको छ ।

एमालेका उपाध्यक्ष गौतम पार्टी विभाजनपछि राजीनामा दिए बस्नुभएका छन् ।