अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावल मैदानमा आउनु कुन ठूलो कुरा हो ? अध्यक्ष त ओली नै हो : खगराज अधिकारी

भीम रावल मैदानमा आउनु कुन ठूलो कुरा हो ? अध्यक्ष त ओली नै हो : खगराज अधिकारी


काठमाडौं- नेकपा एमालेका नेता खगराज अधिकारीले पार्टीको आगामी महाधिवेशनमार्फत अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत रुपमा आउने दाबी गर्नुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रमम उहाँले भन्नुभयो, ‘अब पनि अध्यक्ष त ओली नै हो, यसमा शंका छ र ? अध्यक्षमात्रै होइन, हाम्रो सबै पदाधिकारी नेतृत्वमा सर्वसम्मत हुन्छ ।’

अधिकारीले उपाध्यक्ष मैदानमा आउँदैमा केही फरक नपर्ने भन्दै अध्यक्षमा उठ्ने घोषणा गरेका भीम रावललाई कटाक्ष गर्नुभयो । ‘एमाले देशको ठूलो पार्टी हो । लोकतान्त्रिककरणको च्याम्पियन हो–एमाले । हामीले गरेको काम राष्ट्रको निम्ति रोलमोडल हुनुपर्छ । मैदानमा उपाध्यक्ष अध्यक्षको लागि आउनु कुन ठूलो कुरा हो ?’ उहाँले प्रश्न गर्नुभयो ।

विधान महाधिवेशन पनि सर्वसम्मत गरेको स्मरण गराउनुहुँदै अधिकारीले भन्नुभयो, ‘अहिले नेतृत्वको महाधिवेशन हुँदैछ । नीतिमा कुनै फरक छैन । विधान महाधिवेशनले नीति सार्वजनिक भैसकेको छ, अब नेतृत्व सर्वसम्मत हुन्छ ।’