अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संखुवासभामा जनगणनाका लागि २४५ गणक

संखुवासभामा जनगणनाका लागि २४५ गणक


संखुवासभा – राष्ट्रिय जनगणनाका लागि संखुवासभामा २४५ गणक खटाइएको जिल्ला जनगणना कार्यालय संखुवासभाले जनाएको छ । भोलि २५ कात्तिकदेखि हुने राष्ट्रिय जनगणनाका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला जनगणना कार्यालय संखुवासभाका प्रमुख पुस्कर गुरागाईंले जानकारी दिनुभयो ।

पहिलो चरणमा संखुवासभामा ६५ जना सुपरिवेक्षकले घर तथा घरपरिवार सूचीकरण गरिसकेको प्रमुख गुरागाईंले बताउनुभयो ।

२४५ गणक गाउँगाउँमा खटाइसकेको प्रमुख गुरागाईंले बताउनुभयो । गणना प्रभावकारी भए/नभएको अनुगमन गरिने उहाँले जानकारी दिनुभयो ।